यशैयाको पुस्तक 1:13 - पवित्र बाइबल13 “व्यर्थको बलिहरू अब मकहाँ नल्याओ। जुन धूप तिमीहरू मलाई चढाउँछौ, त्यो म घृणा गर्छु। औंसी, विश्रामको दिन र पवित्र दिनहरूमा भएको तिमीहरूका समारोह म सहन सक्तिनँ। तिमीहरूले पवित्र सभामा गरिरहेका दुष्ट कामहरू म घृणा गर्छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 व्यर्थका बलिहरू नल्याओ। तिमीहरूको धूप त मेरो निम्ति घिनलाग्दो छ। औंसी, शबाथ, र सभाहरूका साथसाथै तिमीहरूका दुष्ट जमघटहरू म सहन सक्दिनँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 तिमीहरूका भेटीहरू ल्याउनु व्यर्थ छ। तिमीहरूले बालेका धूपसित म विरक्त भइसकें। तिमीहरूका औंसीका चाड, विश्रामको दिन पालन र धार्मिक सभाहरू मैले सहन नसक्ने भएका छन्। तिमीहरूका पापले गर्दा ती भ्रष्ट भएका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 व्यर्थैका बलिहरू ल्याउन बन्द गर! तिमीहरूका धूप त मेरा निम्ति घृणित छ। औँसी, शब्बाथ र सभाहरूका साथसाथै तिमीहरूका खराब जमघटहरू म सहन सक्दिनँ। Viz kapitola |