होशेको पुस्तक 14:9 - पवित्र बाइबल9 यी कुराहरू ज्ञानी मानिसले बुझ्नु पर्छ। यो कुराहरू कुनै बुद्धिमान मानिसले जान्नु पर्छ। परमप्रभुको बाटो ठीक छ। असल मानिसहरू तिनीहरूद्वारा बाँच्छन्। पापीहरू तिनीहरूद्वारा मर्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 को बुद्धिमान् छ? उसले यी कुराहरू याद गर्नेछ। को समझदार छ? त्यसले यी कुराहरू बुझ्नेछ। परमप्रभुका मार्ग ठीक छन्। धर्मी जन तिनैमा हिँड्छन्, तर बागीहरू तिनमा ठेस खान्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 जो-जो बुद्धिमान् छन्, तिनीहरूले यहाँ लेखिएका कुराहरू बुझून् र आ-आफ्ना मनमा गुनून्। परमप्रभुका मार्गहरू ठीक छन्, तिनमा हिँडेर धर्मी मानिसहरू बाँच्छन्। तर पापीहरूचाहिँ तिनमा ठोकर खाएर लड्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 बुद्धिमान् को छ? तिनीहरूले यी कुराहरू थाहा गरून्। समझदार को छ? तिनीहरूले यी कुराहरू बुझ्न सकून्। याहवेहका मार्गहरू ठिक छन्; धर्मी जनहरू त्यसैमा हिँड्छन्, तर विद्रोहीहरूले भने त्यसैमा ठक्कर खान्छन्। Viz kapitola |