हिब्रू 9:14 - पवित्र बाइबल14 यसकारण ख्रीष्टको रगतले यी कुराहरू भन्दा धेरै कुरा गर्नसक्छ। ख्रीष्टले आफैंलाई अनन्त आत्माद्वारा परमेश्वरप्रति पूर्ण बलि चढाउनु भयो। उहाँको रगतले हाम्रो ह्रदयलाई दुष्कर्महरूदेखि शुद्ध बनाउँछ जसमा कि हामीले जीवित परमेश्वरलाई आराधना गर्न सक्नेछौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 ख्रीष्टको रगतले त झन् कति बढ़ी गरी तिमीहरूका विवेकलाई मरेका कामहरूबाट शुद्ध पार्नेछ, ताकि तिमीहरू जीवित परमेश्वरको सेवा गर्न सक। किनकि उहाँले अनन्त आत्माद्वारा आफैलाई निष्खोट बलिको रूपमा परमेश्वरलाई अर्पण गर्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 तर ख्रीष्टको रगतमा हामीलाई शुद्ध तुल्याउने अझ ठूलो शक्ति छ। सधैँभरि रहिरहनुहुने परमेश्वरका आत्माद्वारा उहाँले सिद्ध बलि भएर आफैंलाई परमेश्वरकहाँ चढाउनुभयो। त्यसो हो भने हामीले जीवित परमेश्वरको सेवा गर्न सकौं भनी व्यर्थैका विधिबाट हाम्रा विवेकलाई ख्रीष्टको रगतले झन् कति ज्यादा गरी शुद्ध पार्न सक्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 झन् आफूलाई परमेश्वरमा अनन्त आत्माद्वारा निष्खोट अर्पण गर्नुहुने ख्रीष्टको रगतले मृत्युमा लैजाने पाप कर्महरूदेखि हाम्रा विवेकलाई कति बढी शुद्ध पार्ला! ताकि हामीले जीवित परमेश्वरको सेवा गर्न सकौँ। Viz kapitola |