हिब्रू 8:10 - पवित्र बाइबल10 म यो नयाँ करार इस्राएलका मानिसहरूलाई भविष्यमा दिनेछु, परमेश्वर भन्नुहुन्छ। म आफ्नो करार तिनका मनमा हालिदिनेछु, म आफ्नो करार तिनका हृदयमा लेखिदिनेछु। म तिनका परमेश्वर बन्नेछु, र ती मेरा प्रजाहरू बन्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 परमप्रभु भन्नुहुन्छ, ती दिनपछि म इस्राएलको घरानासँग यो करार बाँध्नेछु, तिनीहरूका मनमा मेरो व्यवस्था राखिदिनेछु, र तिनीहरूका हृदयमा त्यो लेखिदिनेछु, र म तिनीहरूका परमेश्वर हुनेछु, अनि तिनीहरू मेरा प्रजा हुनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 प्रभु भन्नुहुन्छ कि अब आउने दिनहरूमा इस्राएलीहरूसँग बाँध्ने नयाँ करार कस्तो हुन्छ भने, म मेरा नियमहरू तिनीहरूका मनमा राखिदिनेछु र तिनीहरूका हृदयमै म ती नियमहरू लेखिदिनेछु, म तिनीहरूका परमेश्वर हुनेछु र तिनीहरूचाहिँ मेरा प्रजा हुनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 त्यसपछि म इस्राएलका मानिसहरूसँग यो करार बाँध्नेछु, प्रभु घोषणा गर्नुहुन्छ। म आफ्नो व्यवस्था तिनीहरूका मनमा राखिदिनेछु र ती तिनीहरूका हृदयमा लेखिदिनेछु। म तिनीहरूका परमेश्वर हुनेछु, र तिनीहरू मेरा मानिसहरू हुनेछन्। Viz kapitola |