हिब्रू 7:27 - पवित्र बाइबल27 उहाँ अरू पूजाहारीहरू जस्ता हुनुहुन्न जसले प्रत्येक दिन बली चढाउनु पर्थ्यो। तिनीहरूले पहिले त आफ्नै पापहरूको लागि बली चढाउनु पर्थ्यो र त्यसपछि अरूहरूका पापको लागि। तर ख्रीष्टलाई त्यसो गर्नुपर्ने दरकार छैन। उहाँले आफैंलाई सधैँको लागि एकै पल्ट बलीको रूपमा चढ़ाउनु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 अरू प्रधान पूजाहारीहरूले जस्तै पहिले आफ्नै पापको निम्ति र त्यसपछि मानिसहरूका पापको निम्ति उहाँले दिनहुँ बलिदान चढ़ाइरहनुपर्दैन। आफैलाई अर्पण गरेर उहाँले यो काम सधैँको निम्ति एकै पल्टमा पूरा गरिदिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 अरू प्रधान पूजाहारीहरूले गरेजस्तै उहाँले आफ्नो र अरूको पापलाई मेट्न दिनदिनै बलि चढाइरहनुपर्दैन किनभने उहाँले सधैँभरि पुग्ने गरी एकै चोटि आफैंलाई बलि चढाउनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 अरू प्रधान पुजारीहरूलाई जस्तो पहिले आफ्नै पापहरूको लागि, र मानिसहरूका पापहरूको लागि दिनहुँ बलिदान चढाइरहने आवश्यकता उहाँलाई पर्दैन। उहाँले आफूलाई अर्पण गरेर एकै पल्ट सदाको लागि तिनीहरूका पापको बलिदान दिनुभयो। Viz kapitola |