हिब्रू 7:2 - पवित्र बाइबल2 अनि अब्राहामले मल्कीसेदेकलाई आफूसित जति थियो त्यसको दशांश भाग दिए। मल्कीसेदेक, शालेमका राजाको नाउँको दुइवटा अर्थ छ। पहिलो अर्थ हुन्छ, “धार्मिकताको राजा” र अर्को अर्थ हुन्छ “शान्तिको राजा।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 यिनैलाई अब्राहामले सबै थोकको दशांश छुट्ट्याइदिए। यिनको नाउँको अर्थअनुसार यिनी पहिले धार्मिकताका राजा र त्यसपछि चाहिँ शालेमका राजा हुन्, अर्थात् शान्तिका राजा। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 अब्राहामले राजाहरूलाई जितेर ल्याएका सबै धनको दशांश मल्कीसेदेकलाई दिए। मल्कीसेदेक नाउँको अर्थ ‘धार्मिकताको राजा’ हो र उनी शालेमका राजा भएकोले उनको नाउँले ‘शान्तिका राजा’ भन्ने पनि बुझाउँछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 अनि अब्राहामले तिनलाई हरेक कुराको दशांश दिए। मल्कीसेदेकको नामको अर्थ “धार्मिकताका राजा” र त्यसपछि, “शालेमका राजा” अर्थात् “शान्तिका राजा” हो। Viz kapitola |