Online Bible

- Reklamy -




हिब्रू 6:4 - पवित्र बाइबल

4-6 मानिसहरूले ख्रीष्टलाई छोडिदिए पछि, तिनीहरूका जीवनको बाटो फेरि बदल्न सकिएला? सत्य सिक्नेहरू बारे म भन्दैछु। तिनीहरूले परमेश्वरबाट उपहार लिएका छन् र पवित्र आत्माको भागीदार बनेका छन्। तिनीहरूले परमेश्वरले भन्नुभएको वचन सुनेका छन्, र परमेश्वरको नयाँ संसारको महाशक्ति देखेका छन्। अनि ती कुराहरू खुबै राम्रा थिए भनेर तिनीहरूले बुझेका छन्। तर त्यसपछि तिनीहरूले ख्रीष्टलाई छोडे। अब तिनीहरूलाई फर्काएर फेरि ख्रीष्टमै ल्याउन असंभव छ। किनकि तिनीहरूले ख्रीष्टलाई फेरि क्रूसमा टाँगेर काँटी ठोक्दैछन्। तिनीहरूले मानिसहरूको सामू ख्रीष्टलाई लज्जित तुल्याउँदै छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 किनकि तिनीहरू, जसले एक चोटि ज्‍योति पाएर स्‍वर्गीय वरदान चाखेका छन्, र पवित्र आत्‍माका सहभागी भएका छन्,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 एक पल्‍ट परमेश्‍वरको उज्‍यालो पाएका, स्‍वर्गको वरदान पनि चाखेका, पवित्र आत्‍माको भाग पनि पाएका,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 जसले एक पल्ट स्पष्‍टसँग सत्य जानेर स्वर्गीय वरदान चाखे, पवित्र आत्मामा सहभागी भए;

Viz kapitola kopírovat




हिब्रू 6:4

Následuj nás:

Reklamy


Reklamy