हिब्रू 6:17 - पवित्र बाइबल17 जसले त्यो पाउनुपर्छ उसलाई आफ्नो वचन सत्य छ भन्ने कुरो परमेश्वर प्रमाणित गर्न चाहनु हुन्थ्यो। उहाँको निर्णय कहिल्यै बद्लीने छैन भन्ने कुरो तिनीहरूले स्पष्ट रूपले बुझुन् भन्ने परमेश्वर चाहनुहुन्थ्यो। परमेश्वरले शपथ लिएर जे भन्नुभयो त्यसलाई उहाँले प्रमाणित गर्नुभयो। परमेश्वरले जब केही भन्नुहुन्छ उहाँले ढाँट्न सक्नु हुन्न, अनि जब उहाँले कुनै शपथ लिनुहुन्छ उहाँले पुरा गर्नु हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 परमेश्वरले आफ्नो प्रतिज्ञाका हकदारहरूलाई बदली हुन नसक्ने उहाँको अभिप्राय पक्का गरी देखाउन चाहनुभयो। उहाँले शपथ खाएर नै त्यो निश्चय गरिदिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 परमेश्वरको प्रतिज्ञा पाउनेहरूलाई आफूले गरेको प्रतिज्ञा निश्चित छ भनी देखाउन उहाँले शपथ पनि खानुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 किनकि परमेश्वरले प्रतिज्ञाका हकदारहरूसित उहाँको बदली नहुने उद्देश्य स्पष्ट गर्न चाहनुभएकोले उहाँले यसलाई शपथद्वारा नै पक्का गर्नुभयो। Viz kapitola |