हिब्रू 6:10 - पवित्र बाइबल10 परमेश्वर न्यायसँगत हुनुहुन्छ। परमेश्वरले तिमीहरूले गरेको कामको याद गर्नु हुनेछ। उहाँका मानिसहरूलाई सहायता गरेर तिमीहरूले देखाएको आफ्नो प्रेमलाई तिमीहरूको अटूट सहायतालाई परमेश्वरले सन्झनु हुनेछ। तब तिमीहरूको आशा पनि पूर्ण गरिने छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 परमेश्वर अन्यायी हुनुहुन्न, र तिमीहरूका काम र उहाँको खातिर सन्तहरूका सेवामा तिमीहरूले देखाएको प्रेम उहाँले भुल्नुहुन्न। तिमीहरू अझै पनि त्यस्तै सेवा गरिराखेका छौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तिमीहरूले परमेश्वरका भक्तहरूलाई सेवा गर्यौ र अझै गरिरहेका छौ। परमेश्वर अन्यायी हुनुहुन्न। तिमीहरूले गरेका यी सेवा र प्रेमलाई उहाँले बिर्सनुहुनेछैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 परमेश्वर अन्यायी हुनुहुन्न, तिमीहरूले परमेश्वरका जनहरूलाई सहायता गर्यौ र अझ गरिरहेर उहाँप्रति तिमीहरूको प्रेम देखाएकाले परमेश्वरले तिमीहरूका काम बिर्सनुहुनेछैन। Viz kapitola |