हिब्रू 2:9 - पवित्र बाइबल9 केही समयको निम्ति येशू स्वर्गदूतहरू भन्दा निम्नको बनाइनुभएको थियो। तर अहिले हामी उहाँलाई आदर र महिमाको मुकुट लगाउनु भएको देख्छौ किनकि उहाँले कष्ट भोग्नु भयो र क्रूसमा मर्नुभयो। किनभने परमेश्वरको अनुग्रहले येशूले प्रत्येक व्यक्तिका निम्ति मृत्युको अनुभव गर्नुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तर हामी येशूलाई देख्तछौं। उहाँ अलि बेरको निम्ति स्वर्गदूतहरूभन्दा केही तल होच्याइनुभयो, मृत्युको कष्टको कारण महिमा र आदरको मुकुट उहाँलाई पहिराइयो, यस हेतुले कि परमेश्वरको अनुग्रहद्वारा हरेक मानिसको निम्ति उहाँले मृत्युको स्वाद चाखून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 तर हामी केही बेरको लागि स्वर्गदूतभन्दा अलिकति सानो हुनुभएको येशूलाई देख्छौं। परमेश्वरको अनुग्रहले गर्दा नै उहाँ सबैका लागि मरिदिनुभयो। बलिदान भएर मरिदिनुभएकोले उहाँले महिमा र आदरको मुकुट पाउनुभएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तर हामी येशूलाई देख्छौँ, जसलाई स्वर्गदूतहरूभन्दा केही कम दर्जाको तुल्याइएको थियो, मृत्यु सहनुभएकोले उहाँलाई महिमा र आदरको मुकुट पहिराइएको छ; ताकि परमेश्वरको अनुग्रहद्वारा उहाँले हरेकको निम्ति मृत्यु चाखून्। Viz kapitola |