हिब्रू 2:8 - पवित्र बाइबल8 अनि सबैकुराहरू तपाईंले उसैको अधीनमा ल्याई दिनुभयो।” परमेश्वरले “सबैकुरा उसैको अधीनमा ल्याई दिनुभयो” भन्ने भनाइले भन्दा उहाँको अधीनदेखि बाहिर केही रहेन भन्ने बुझिन्छ। तर हामी उहाँले सबैमाथि शासन गरेको देख्दैनौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तपाईंले सब थोक तिनका चरणमुनि राखिदिनुभयो।” मानिसको अधीनमा सब थोक राख्नुहुँदा तिनको अधीनबाहिर केही रहन दिनुभएन। तर यस वर्तमान समयमा सब थोक मानिसको अधीनमा भएको हामी देख्दैनौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 सबै कुरा उसैको अधीनमा राखिदिनुभयो।” यहाँनेर भनिएको छ, “परमेश्वरले सबै कुरा मानिसको अधीनमा राखिदिनुभयो। यसको अर्थ हुन्छ कि उसको अधीनमा नभएको कुनै कुरा पनि छैन।” हुन त अहिले हामी सबै कुरा मानिसको अधीनमा भएको देख्दैनौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 सबै कुरा उहाँको पाउमुनि राखिदिनुभयो।” मानिसको अधीनमा सबै थोक राख्नुहुँदा उहाँको अधीनबाहिर केही रहन दिनुभएन; तर यस वर्तमान समयमा सबै थोक उहाँको अधीनमा भएको हामी देख्दैनौँ। Viz kapitola |