हिब्रू 2:11 - पवित्र बाइबल11 उहाँ नै एक जसले मानिसलाई पवित्र बनाउँनुहुन्छ र ती पवित्र बनाएकाहरू एउटै परिवारबाट आएका छन्। यसकारण उहाँ तिनीहरूलाई आफ्ना दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू भन्न लजाउनु हुन्न। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 किनकि पवित्र तुल्याउनुहुने र पवित्र तुल्याइएकाहरू पनि सबै एउटै परिवारका हुन्। त्यसैकारण तिनीहरूलाई भाइ भन्नमा येशू शर्माउनुहुन्न। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 मानिसलाई पवित्र बनाउनुहुने येशू र पवित्र बनाइएका सबैका एउटै पिता छन्। यसैकारण येशू आफैंले पवित्र बनाउनुभएकाहरूलाई ‘भाइहरू’ भन्न अप्ठ्यारो मान्नुहुन्न। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 मानिसहरूलाई पवित्र तुल्याउनुहुने येशू र पवित्र तुल्याइएकाहरू दुवै एउटै परिवारबाटका हुन्। यसकारण येशूले तिनीहरूलाई दाजुभाइ-दिदीबहिनीहरू भन्न शर्माउनुभएन। Viz kapitola |