हिब्रू 13:17 - पवित्र बाइबल17 आफ्ना अगुवाहरूको आज्ञा मान र तिनका अधीनमा बस, तिनीहरू तिम्रा जिम्मेवार छन् र तिम्रा आत्मा बचाउनको निम्ति ती तिमीहरूको निगरानी गर्छन्। तिनीहरूको आज्ञा मान ताकि तिनीहरूले आफ्ना काम दुःखसाथ होइन, ती आफ्ना काममा आनन्द लिन सक्छन्। तिनका काम सरल हुनेछ। आनन्दसाथ गर्न सकुन्। अनि तिनीहरूले आफ्ना काम दु:खित बनेर गर्छन् भने त्यसले तिम्रो सहायता गर्दैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 तिमीहरूका अगुवाहरूको आज्ञापालन गर, र तिनीहरूका अधीनमा बस। किनकि लेखा दिनुपर्छ भन्ने कुरा जानेर नै तिनीहरूले तिमीहरूका प्राणको हेरचाह गर्छन्। यो काम तिनीहरूले आनन्दसाथ गरून्। दुःख मानेर होइन, नत्रता त्यसबाट तिमीहरूलाई कुनै लाभ हुँदैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 तिमीहरूका अगुवाहरूको कुरा मान। उनीहरूले सधैँ तिमीहरूका आत्माको देखरेख गर्छन् कारण तिनीहरूले आफ्नो कामको लेखा परमेश्वरलाई दिनुपर्नेछ। तिनीहरूका कुरा मान्यौ भने तिनीहरूले आफ्नो काम खुसीसँग गर्नेछन्, होइन भने दु:खी भएर काम गर्नेछन्। तिनीहरूलाई दु:खी बनायौ भने तिमीहरूलाई केही फाइदा हुँदैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तिमीहरूका अगुवाहरूको आज्ञापालन गर, र तिनीहरूका अधिकारको अधीनमा बस; किनकि तिनीहरूले परमेश्वरलाई आफ्नो सेवाको लेखा दिनुपर्छ भन्ने कुरा जानेर नै तिनीहरूले तिमीहरूका प्राणको हेरचाह गर्दछन्। यो काम तिनीहरूले आनन्दसाथ गरून्, दुःख मानेर होइन, नत्रता त्यसबाट तिमीहरूलाई कुनै लाभ हुनेछैन। Viz kapitola |