हिब्रू 12:15 - पवित्र बाइबल15 सतर्क बस ताकि कोही पनि परमेश्वरको अनुग्रहबाट बञ्चित नबनोस्। अनि तिमीहरू मध्ये कोही पनि तीतेपाती जस्तो बड्नु हुँदैन र अरूलाई बिगार्नु हुँदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 ध्यान देओ, कि कुनै मानिस परमेश्वरको अनुग्रह प्राप्त गर्नदेखि वञ्चित नहोस्, ताकि तीतोपनको जरो उम्रेर आईकन त्यसले फूट नल्याओस्, र धेरै जनालाई अशुद्ध नपारोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 होश राख, कसैले पनि परमेश्वरको अनुग्रह गुमाउनुनपरोस्, मन तीतो पार्ने विषालु झारझैँ उम्रेर दु:ख दिने नबन, नत्र धेरैलाई अशुद्ध पार्नेछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 ध्यान देओ, कुनै मानिस परमेश्वरको अनुग्रहबाट वञ्चित नहोस्, नत्रता तितोपनको जरा टुसाएर त्यसले फाटो ल्याउला, र धेरैजनालाई बिटुलो पार्ला। Viz kapitola |