हिब्रू 11:4 - पवित्र बाइबल4 कयिन र हाबिल दुवैले परमेश्वरलाई भेटीहरू चढाए। तर हाबिलको विश्वास थियो, त्यसैले उनले परमेश्वरलाई असल भेटिहरू चढाए। परमेश्वर हाबिलको भेटीहरूले प्रसन्न हुनुभयो। अनि उनको विश्वासको कारणले, उनी असल मानिस कहलाइए। हाबिल मरे तर उनको विश्वास अझै ज्यूँदै छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 विश्वासद्वारा हाबिलले परमेश्वरलाई कयिनले भन्दा अझ ग्रहणयोग्य बलि चढ़ाए, र त्यसद्वारा नै हाबिल धर्मी ठहरिए। तिनको बलि स्वीकार गरेर परमेश्वरले आफ्नो सम्मति जनाउनुभयो। तिनी मरे तापनि विश्वासद्वारा नै तिनी अझै बोलिरहेका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 विश्वासको भरमा नै हाबिलले परमेश्वरलाई कयिनले भन्दा राम्रो बलिदान चढाए। विश्वासकै भरमा उनी परमेश्वरका सामु धर्मी ठहरिए र उनले चढाएको बलि परमेश्वरलाई मन पर्यो। हाबिल मरिसकेका भए पनि विश्वासले गर्दा उनले अझै हामीलाई शिक्षा दिन्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 विश्वासैद्वारा हाबिलले परमेश्वरलाई कयिनले भन्दा उत्तम बलिदान चढाए। परमेश्वरले तिनको भेटीको विषयमा असल कुरा भन्नुहुँदा विश्वासैबाट तिनले धर्मी मानिस हुन् भन्ने प्रशंसा पाए। तिनी मरेर गए, तापनि तिनी विश्वासैद्वारा अझ बोलिरहेका छन्। Viz kapitola |