हिब्रू 11:11 - पवित्र बाइबल11 अब्राहाम नानीहरू जन्माउन नसक्ने बूढा थिए र सारा पनि बाँझी थिइन। तर परमेश्वरमा विश्वासकै कारणले उनी बाबु भए। उहाँले वचन पूरा गर्नुहुन्छ भनी अब्राहामले परमेश्वरलाई पत्यार गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 विश्वासैद्वारा साराले पनि आफ्नो उमेर ढल्किसकेपछि गर्भधारण गर्ने शक्ति प्राप्त गरिन्। किनभने प्रतिज्ञा गर्नुहुनेलाई तिनले विश्वासयोग्य ठानेकी थिइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 विश्वासकै भरमा अब्राहाम धेरै बुढो भएर पनि बुबा बन्न सके। सारा पनि सन्तान हुनै नसक्ने गरी बुढी भइसकेकी थिइन्। तैपनि अब्राहामले परमेश्वरले आफ्नो प्रतिज्ञा पूरा गर्नुहुन्छ भनेर विश्वास गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 साराको गर्भधारण गर्ने उमेर गइसकेको भए तापनि विश्वासैद्वारा तिनले गर्भधारण गर्ने क्षमता प्राप्त गरिन्; किनकि प्रतिज्ञा दिनुहुने विश्वासयोग्य हुनुहुन्छ भनी तिनले विश्वास गरिन्। Viz kapitola |