हिब्रू 10:1 - पवित्र बाइबल1 व्यवस्थाले त हामीलाई भविष्यमा आउने असल वास्तविकताको धमिलो चित्र मात्र देखायो। व्यवस्था वास्तविकताको साँच्चो रूप होइन। त्यस व्यवस्थाले त मानिसहरूलाई हरेक साल त्यही बली चढ़ाउन सिकाउँछ। परमेश्वरलाई पुज्न आउनेहरूले त्यही बलि चढ़ाउन छोड्दैनन्। तर व्यवस्थाले ती मानिसहरूलाई कहिल्यै पूर्णतातिर डोर्याउन सकेन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 किनभने व्यवस्था अब आउने उत्तम कुराहरूको खास रूप होइन, तर तिनको छाया मात्र हो। यसकारण सालिन्दै नित्य चढ़ाइने त्यही किसिमका बलिहरूद्वारा नजिक आउनेहरूलाई यसले सिद्ध पार्न सक्दैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 इस्राएली व्यवस्था हुन आउने खास साँचो कुराहरूको नमुना होइन, तर आउने असल कुराहरूको छाया मात्र हो। यसैले वर्षेनी चढाएका त्यही बलिदानहरूले परमेश्वरकहाँ ती बलिदान चढाउने मान्छेहरूलाई पूरै शुद्ध पार्न सक्दैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 व्यवस्था केवल आउने असल कुराहरूको छाया मात्र हो; यो आफैँमा वास्तविकता होइन। यसैकारण यसले एकै किसिमको बलिदान अन्त्य नहुने गरी हरेक वर्ष दोहोर्याइएकोले आराधनाको नजिक आउनेहरूलाई सिद्ध तुल्याउन सक्दैन। Viz kapitola |