Online Bible

- Reklamy -




हाग्गै 2:22 - पवित्र बाइबल

22 अनि म राज्यहरू र सिंहासन उठाएर फ्याँकि दिनेछु। म राजधानीहरूको शक्ति ध्वंश पार्नेछु अनि रथहरू र सारथीहरूलाई पल्टाइदिनेछु। घोडा अनि त्यसको घोडसवार पनि लड्नेछन्, अनि दाज्यू-भाइमा दुश्मनी हुनेछ। तिनीहरू एक अर्कामा तरवारहरूले मारिनेछन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 म राजकीय सिंहासनहरूलाई पल्‍टाउनेछु, र विदेशी राज्‍यहरूको शक्तिलाई म चूर्ण पार्नेछु। म रथहरू र तिनमा सवार हुनेहरूलाई पल्‍टाइदिनेछु। घोड़ा र घोड़चढ़ीहरू आफ्‍ना-आफ्नै दाजुभाइहरूको तरवारबाट काटिनेछन्‌।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 अनि अरू राज्‍यका गद्दीहरू पल्‍टाएर तिनीहरूको शक्तिको अन्‍त गराउन लागेको छु। म रथहरू र तिनका सारथीहरूलाई पल्‍टाइ दिनेछु। घोडाहरू मर्नेछन् र तिनका सवारहरूले आपसमा काटमार गर्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 म राजगद्दीहरू पल्टाइदिनेछु, र विदेशी राज्यहरूका शक्ति चकनाचुर पारिदिनेछु। म रथ र सारथीहरू पल्टाइदिनेछु; अनि घोडा र तिनका सारथीहरू आफ्नै भाइका तरवारद्वारा मारिनेछन्।

Viz kapitola kopírovat




हाग्गै 2:22

Následuj nás:

Reklamy


Reklamy