हाग्गै 1:6 - पवित्र बाइबल6 तिमीहरूले रोप्न त धेरै रोप्छौ, तर कटनी चाँहि कम्ती गर्दछौ। तिमीहरूले खाना त खान्छौ तर भोकै हुन्छौ। तिमीहरूले मद्यपान पनि गर्छौ तर नशा लाग्दैन्, तिमीहरू लुगा पनि लगाउँछौ तर सम्पूर्ण रूपमा तिमीहरूलाई तातो हुँदैन, तिमीहरू काम गरेर ज्याला कमाउँछौ, तिमीहरूलाई थाहा हुँदैन त्यो कहाँ खर्च हुन्छ, तिमीलाई लाग्छ कि गोजीमा छेंड परेकोछ।’” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तिमीहरूले छर्न त धेरै नै छरेका छौ, तर थोरै मात्र कटनी गरेका छौ। तिमीहरू खान त खान्छौ, तर अघाउँदैनौ। तिमीहरू पिउन त पिउँछौ, तर तिमीहरूको तिर्खा मर्दैन। तिमीहरू लुगा त लगाउँछौ, तर न्याना हुँदैनौ। तिमीहरू काम गरेर ज्याला कमाउँछौ, तर प्वाल परेको थैलीमा राख्छौ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तिमीहरूले धेरै रोपेका छौ; तर थोरै मात्र बटुलेका छौ। खानलाई तिमीहरूसित भोजन त छ; तर अघाउने गरी खान पाउँदैनौ। पिउनलाई तिमीहरूसित दाखमद्य त छ; तर तृप्त हुने गरी पिउन पाउँदैनौ। तिमीहरूका लुगा-फाटाहरू त छन्; तर त्यतिले तिमीहरूलाई न्यानो पार्दैन। कमाइ गर्नेले कमाएको धन चुहुने थैलीमा हालेको जत्तिकै छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तिमीहरूले धेरै छरेका छौ, तर थोरै मात्र कटनी गरेका छौ। तिमीहरू खान्छौ, तर कहिल्यै अघाउँदैनौ। तिमीहरू पिउँदछौ, तर तिमीहरूको तिर्खा कहिल्यै मेटिँदैन। तिमीहरू लुगा त लगाउँछौ, तर तिमीहरूलाई न्यानो हुँदैन। तिमीहरू कमाइ त गर्छौ, तर त्यसलाई प्वाल परेको थैलीमा राख्दछौ।” Viz kapitola |