हाग्गै 1:12 - पवित्र बाइबल12 तब शालतीएलका छोरा यरूबाबेल अनि यहोसादकको छोरा महायाजक यहोशूले सबै बाँचेका मानिसहरूसँग आपनो परमप्रभु परमेश्वरको सन्देश अनि उहाँले पठाएउनु भएको अगमवक्ता हाग्गैको वचन स्वीकार गरे अनि मानिसहरू आफ्नो परमेश्वर परमप्रभुसँग डराउन थाले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तब परमप्रभु आफ्ना परमेश्वरले तिनलाई पठाउनुभएको कारणले, शालतिएलका छोरा यरुबाबेल, यहोसादाकका छोरा प्रधान पूजाहारी यहोशू र बाँकी रहेका प्रजासमेतले परमप्रभु आफ्ना परमेश्वरको आवाज र हाग्गै अगमवक्ताको कुरा पालन गरे। अनि मानिसहरूले परमप्रभुको डर माने। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तब यरुबाबेल, यहोशू र बेबिलोनको कैदबाट फर्किआएका सबै मानिसहरूले परमप्रभु आफ्ना परमेश्वरले आज्ञा गर्नुभएअनुसार गरे। तिनीहरू डराए र परमप्रभुको सन्देश ल्याउने अगमवक्ता हाग्गैको कुरा माने। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तब शालतिएलका छोरो यरुबाबेल र यहोसादाकका छोरा यहोशू प्रधान पुजारी; अनि बाँकी रहेका मानिसहरूले याहवेह आफ्ना परमेश्वरको वचन र हाग्गै अगमवक्ताको कुरा पालन गरे; किनकि हाग्गैलाई याहवेह तिनीहरूका परमेश्वरले पठाउनुभएको थियो। अनि ती मानिसहरूले परमेश्वरको डर माने। Viz kapitola |