Online Bible

- Reklamy -




हबकूकको पुस्तक 3:16 - पवित्र बाइबल

16 मैले यी कुराहरू सुनें, अनि मेरो शरीर काम्न थाल्यो। मैले जोडसँग सुस्केरा हालें। मैले मेरो हड्डीहरू एकदमै कमजोरी भएको अनुभव गरें। म त्यहाँ थर-थर काम्दै उभिरहें। यसकारण जब शत्रुहरू मानिसहरूलाई आक्रमण गर्न आउँछन्, म विनाशको दिन धैर्यताका साथ पर्खिरहनेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 मैले सुनें र मेरो मुटु काम्‍न लाग्‍यो, त्‍यो सोर सुन्‍दा मेरा ओठ थरथर कामे, मेरा हड्डीहरू भित्र-भित्रै मकिए, र मेरा खुट्टाहरू कामे। तापनि हामीलाई आक्रमण गर्ने जातिमाथि आउने विपत्तिका दिनको निम्‍ति म धैर्यसाथ पर्खिरहनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 मैले यी सबै सुन्‍दा मेरो मुटु काँप्‍दछ। डरले मेरा ओठहरू थरथराउँछन्। मेरा हड्डीहरू गलिजान्‍छ, मेरा खुट्टाहरू काँप्‍दछन्। म त्‍यस समयलाई चुपचाप पर्खिरहनेछु, जब परमेश्‍वरले हामीमाथि हमला गर्नेहरूलाई दण्‍ड दिनुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 मैले यी सबै सुन्दा मेरो मुटुको ढुकढुकी बढ्यो; त्यो आवाज सुनेर मेरा ओठहरू कामे; मेरा हाडहरू भित्रभित्रै मक्‍किए, र मेरा खुट्टाहरू थरथर कामे। तरै पनि म त्यो विपत्तिको दिनलाई धैर्यतासाथ पर्खनेछु, जुन हामीलाई आक्रमण गर्ने राष्ट्रमाथि आउनेछ।

Viz kapitola kopírovat




हबकूकको पुस्तक 3:16

Následuj nás:

Reklamy


Reklamy