हबकूकको पुस्तक 3:14 - पवित्र बाइबल14 शत्रुका सेनाहरू जसले हामीलाई शक्तिशाली आँधीले झैं पछ्याए। हामीलाई मार्ने चेष्टा गरे तिनीहरूलाई रोक्न तपाईले मोशाको लौरो प्रयोग गर्नु भयो। गुप्तरूपले गरीबलाई लुटे झैं तिनीहरूले सोचे कि हमालाई सजिलै जित्न सक्नेछौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 जब लुकिरहेका दु:खितहरूलाई निलौंला भन्ने इच्छा लिएर त्यसका योद्धाहरू आँधीझैँ हामीलाई तितरबितर पार्नलाई आए, तब तपाईंले त्यसकै भालाले त्यसको शिर छेड्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 गरीबहरूलाई गुप्तमा थिचोमिचो गर्दै रमाउनेहरूझैँ हामीलाई छरपष्ट गर्न आँधीझैँ आउने सेनाका सेनापतिलाई तपाईंका वाणहरूले छेडे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 जब त्यसका योद्धाहरू हामीलाई तितरबितर पार्नलाई खनिएका थिए, र लुकिबसेका दुःखीहरूलाई निल्न रमाउँदै आएका थिए, तब तपाईंले त्यसको आफ्नै भालाले त्यसको टाउको छेडिदिनुभयो। Viz kapitola |