हबकूकको पुस्तक 1:6 - पवित्र बाइबल6 म बाबेलका मानिसहरूलाई शक्तिशाली बनाउँनेछु। तिनीहरू नीच अनि एकदमै शक्तिशाली लडाकुहरू छन्। तिनीहरू पृथ्वीका सबै ठाउँहरूमा छरिनेछन्। अनि अघि बढिरहनेछन्। तिनीहरूले त्यो घरहरू अनि शहरहरूमा दखल गर्नेछन् जुन तिनीहरूका होइनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 म बेबिलोनीहरूलाई खड़ा गरिरहेछु, त्यो निष्ठुर र उग्र जाति, जो अर्काको वासस्थान खोस्न सारा पृथ्वीभरि नै बढ़ेर जान्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 म बेबिलोनीहरूका हातमा राज्य-शक्ति दिनेछु। तिनीहरू डरलाग्दा र अधीर मानिसहरू छन्, अर्काका देशहरू विजय गर्न भनी तिनीहरू अघि बढिरहेका छन् र पृथ्वीको पल्लो छेउसम्म पुग्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 म बेबिलोनीहरूलाई खडा गर्दैछु, जो निर्दयी र उग्र स्वभावका छन्; तिनीहरू अर्काको घरबारहरू कब्जा गर्नलाई सारा पृथ्वीभरि नै बढेर जान्छन्। Viz kapitola |