हबकूकको पुस्तक 1:5 - पवित्र बाइबल5 परमप्रभुले उत्तर दिनुभयो, “अन्य जातिहरूलाई हेर, तिनीहरूलाई देखेर छक्कपर्नेछौ! म तिम्रो जीवन कालमा यस्तो गर्नेछु त्यसले तिमीलाई छक्क पर्नेछ। तिमीले यसलाई हेर्नु पर्छ अनि विश्वास गर्नुपर्छ। यदि तिमीलाई यस बिषयमा बताए ता पनि तिमीले विश्वास गर्ने छैनौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 “जाति-जातिलाई नियालेर हेर्, तिनीहरूलाई हेरेर छक्क पर्, किनभने म तेरा दिनमा यस्तो काम गर्छु, जो तँलाई भने पनि तैंले विश्वास गर्नेछैनस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 अनि परमप्रभुले आफ्ना प्रजालाई भन्नुभयो, “चारैपट्टिका जातिहरूलाई हेरिरहो र जे-जे देख्नेछौ, त्यसमा तिमीहरू छक्कपर्नेछौ। तिमीहरूकै पालोमा म यस्तो काम गर्नेछु कि सुनेर पनि तिमीहरूलाई विश्वास हुनेछैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 “राष्ट्रहरूलाई हेर्, विचार गर्, र आश्चर्यचकित हो; किनकि तिमीहरूको समयमा यस्तो एउटा काम गर्नेछु, जुन तिमीहरूलाई भनियो भने पनि तिमीहरूले विश्वास गर्नेछैनौ। Viz kapitola |