उत्पत्ति 8:13 - पवित्र बाइबल13 नूहको उमेरको 601 बर्ष भएको थियो पहिलो महीनाको पहिलो दिन पृथ्वीको सतहमाथि पानी पूर्णरुपले सुक्यो। यसर्थ नूहले जहाजको ढोका खोलेर हेर्दा देख्यो पृथ्वीको सतहमा पानी सुकिसकेको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 नोआको छ सय एक वर्षको पहिलो महिनाको पहिलो दिन पृथ्वीबाट पानी सुक्यो, र नोआले जहाजको छत उघारेर हेरे, जमिन सुक्खा थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 नोआको उमेर ६०१ वर्ष पुग्दा पहिलो महिनाको पहिलो दिनमा पानी सुक्यो। नोआले नाउका छत उघारेर चारैपट्टि हेरे र भूइँ ओबानो हुँदैगएको देखे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 नोआको जीवनको छ सय एक वर्षको पहिलो महिनाको पहिलो दिनसम्ममा पृथ्वीबाट पानी सुकिसकेको थियो। तब नोआले जहाजको छाना उघारे, र पृथ्वीको सतह ओबानो भएको देखे। Viz kapitola |