उत्पत्ति 50:17 - पवित्र बाइबल17 उनले भने, ‘दाज्यू-भाइहरूले तिमीसित गरेको कुकर्मको निम्ति क्षमा दिनु भनी म बिन्ती गर्दछु।’ यसर्थ, यूसुफ, हामीले तिमीसित गरेको कुकर्मको निम्ति दया गरी हामीलाई क्षमा गर। हामी तपाईंका बुबाको परमेश्वरका दासहरू हौं।” त्यस समाचारले यूसुफलाई साह्रै दुःखी तुल्यायो, अनि तिनी खुबै रोए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 ‘तिमीहरूले योसेफलाई भन: कृपा गरी उनीहरूले तिमीसँग खराबी गरेकामा तिम्रा दाजुहरूका अपराध क्षमा गर।’ अब बिन्ती छ, कृपा गरी तपाईंका बुबाका परमेश्वरका दासहरूका अपराध क्षमा गर्नुहोस्।” उनीहरूको यस्तो कुरा सुनेपछि योसेफ रोए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 ‘तेरा दाजुहरूले तेरो खराबी गरेर जो अपराध गरे, त्यो अब दया गरी माफ गरिदे।’ हामी तपाईंका बुबाका परमेश्वरका दासहरूलाई हामीले गरेका दोष अब माफ गरिदिनुहोस्।” यो खबर पाई योसेफ रोए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 ‘तिमीहरूले योसेफलाई यसो भन्नू: तेरा दाजुभाइहरूले विगतमा तँलाई खराब व्यवहार गरेर तँप्रति गरेका पापहरू र खराबीहरूलाई क्षमा गरिदे भनी म भन्दछु।’ अब दया गरी तपाईंका पिताका परमेश्वरका सेवकहरूका पापहरू क्षमा गरिदिनुहोस्।” त्यो खबर तिनीकहाँ पुगेपछि योसेफ रोए। Viz kapitola |