Online Bible

- Reklamy -




उत्पत्ति 48:19 - पवित्र बाइबल

19 तर तिनका बुबाले तर्क गर्नुभयो अनि भन्नुभयो, “मेरा छोरा, म जान्दछु। म जान्दछु, मनश्शे जेठो छोरो हो अनि ऊ महान् हुनेछ। मनश्शे ठूलो परिवारहरूको बुबा पनि हुनेछ। तर कान्छो छोरा जेठाभन्दा अझै महान् हुनेछ। अनि कान्छोका सन्तानहरू बढ्नेछन् अनि देशमा महान् हुनेछन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 तर तिनका बुबाले अस्‍वीकार गरी भने, “मलाई थाहा छ, छोरा, मलाई थाहा छ। यसको पनि एउटा वंश हुनेछ, र यो पनि ठूलो हुनेछ। त्‍यसो भए तापनि यसको भाइचाहिँ योभन्‍दा महान्‌ हुनेछ, र त्‍यसका सन्‍तान जातिहरूको एक समूह हुनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 बुबाले अस्‍वीकार गरेर भने, “म जान्‍दछु छोरो, म जान्‍दछु। मनश्‍शेको सन्‍तान पनि एउटा महान् जाति हुनेछ तर त्‍यसको भाइ अझ ठूलो हुनेछ र त्‍यसको भाइका सन्‍तान महान् जातिहरू हुनेछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 तर तिनका पिताले अस्वीकार गरेर भने, “मलाई थाहा छ, मेरा छोरा, मलाई थाहा छ। त्यो पनि एउटा जाति बन्‍नेछ। त्यो पनि महान् हुनेछ। तर त्यसको कान्छो भाइचाहिँ त्योभन्दा महान् बन्‍नेछ। अनि त्यसका सन्तानहरू जातिहरूको एक समूह हुनेछन्।”

Viz kapitola kopírovat




उत्पत्ति 48:19

Následuj nás:

Reklamy


Reklamy