उत्पत्ति 46:31 - पवित्र बाइबल31 यूसुफले आफ्नो दाज्यू-भाइ तथा बाबुका अरू परिवारलाई भने, “म जान्छु र फिरऊनलाई तिमीहरू यहाँ आएको कुरा गर्छु। म फिरऊनलाई भन्छु ‘मेरा दाज्यू-भाइ र मेरो बाबुका अरू सन्तानहरूले कनान देश छोडेर यहाँ मकहाँ आएका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 योसेफले आफ्ना दाजुभाइहरू र आफ्ना बुबाका परिवारहरूलाई भने, “अब म गएर फारोलाई खबर दिन्छु र उनलाई भन्नेछु, ‘कनान देशका मेरा दाजुभाइहरू र मेरा बुबाका घरानाहरू मकहाँ आएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 तब योसेफले आफ्ना दाजु-भाइहरू र बुबाका परिवारका अरूलाई भने, “मैले गएर राजालाई मेरा दाजुभाइहरू र कनानमा बास गर्ने मेरा बुबाको परिवार यहाँ मकहाँ आएका छन् भनी सुनाउनुपर्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 तब योसेफले आफ्ना दाजुभाइहरू र आफ्ना पिताको घरानालाई भने, “म गएर फारोसित कुरा गर्नेछु, ‘कनान देशमा बसिरहेका मेरा दाजुभाइहरू र मेरा पिताका घराना मकहाँ आएका छन्। Viz kapitola |