उत्पत्ति 43:21 - पवित्र बाइबल21 तर जब हामीहरूले रात बिताउनु पर्ने ठाउँमा आई पुग्यौं, हामीले आफ्नो बोरा खोल्यौं तब बोराको मुखमा नै हामीहरूले तिरेको पुरै रकम पायौं। अहिले हामीले यहाँ ल्याएका छौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 वासमा पुगेर हाम्रा धोक्रा फुकाउँदा हामी प्रत्येकले धोक्राका मुख-मुखमा हाम्रै चाँदी फेला पार्यौं— हाम्रा पूरा चाँदी। यसैले यो हामीले आफ्ना साथमै ल्याएका छौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 राती बास बस्नलाई पाल हाल्यौं र आफ्ना भारी खोल्यौं। हामी हरेकका धोक्राको मुखमा हामीले तिरेको पैसा बाँधिएको रहेछ। हामीले त्यो त्यति बेला मात्र देख्यौं। हामीले ती रकम फर्काइल्याएका छौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 तर हामी बास बसेको ठाउँमा राति आफ्ना बोराहरू खोल्दा हाम्रो प्रत्येकको बोराको मुखमा आ-आफ्ना पूरा पैसा राखिएको पायौँ। यसकारण हामीले त्यो पैसा आफूसित फर्काएर ल्याएका छौँ। Viz kapitola |