Online Bible

- Reklamy -




उत्पत्ति 42:38 - पवित्र बाइबल

38 तर याकूबले भने, “म बिन्यामीनलाई तिमीहरूसित जान दिंदिन। उसको दाज्यू मर्यो अनि मेरी पत्नी राहेलबाट जन्मेको छोरो यो मात्र छ। मिश्र देश जाँदा यसलाई बाटोमा केही भए त्यस घटनाले मेरो मृत्युलाई निम्त्याउने छ। एक अति शोकाकुल बूढो मानिसलाई तिमीहरूले चिहानमा गाड्नेछौं।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

38 तर याकूबले भने, “मेरो छोरो तिमीहरूसँग जानेछैन, किनकि त्‍यसको दाजु मरिहाल्‍यो, र अब यही मात्र बाँकी छ। यदि तिमीहरूले गर्न लागेको यात्रामा त्‍यसमाथि केही खतरा पर्न आयो भने, तिमीहरूले मलाई यो फुलेको कपाल अफसोसमै चिहानमा पुर्‍याउनेछौ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

38 तर याकूबले भने, “मेरो छोरा म तँसित पठाउन सक्‍दिनँ। त्‍यसको दाजुचाहिँ मरिगयो। त्‍यो मात्र रहेको छ। म बुढो भइसकें। बाटोमा यसलाई पनि केही भइगयो भने बुढेसकालमा तिमीहरूले मलाई अफसोसमा नै जिउँदै मार्नेछौ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

38 तर याकोबले भने, “मेरो छोरा तँसित त्यहाँ जानेछैन; यसको दाजु मरेर गयो, अब ऊ एउटा मात्र बाँकी रहेको छ। तिमीहरूसित यात्रामा यदि यसमाथि कुनै जोखिम आइपर्‍यो भने तिमीहरूले मलाई यो सेतै फुलेको अवस्थामा शोकसितै चिहानमा लैजानेछौ।”

Viz kapitola kopírovat




उत्पत्ति 42:38

Následuj nás:

Reklamy


Reklamy