उत्पत्ति 42:36 - पवित्र बाइबल36 याकूबले तिनीहरूलाई भने, “के तिमी मैले मेरा सबै नानीहरू गुमाएको चाहन्छौ? यूसुफ गए, शिमोन पनि गए अनि अहिले तिमी मबाट बिन्यामीनलाई पनि छुट्याउन चाहन्छौ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण36 उनीहरूका बुबा याकूबले उनीहरूलाई भने, “तिमीहरूले त मेरा छोराहरू मबाट खोसेर मलाई अति शोकित तुल्याएका छौ। योसेफ छैन, शिमियोन छैन, अब बेन्यामीनलाई पनि लैजान खोज्छौ। यी सबै घटना मैमाथि पर्न आएको छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 याकूबले तिनीहरूलाई भने, “के तिमीहरूले मदेखि मेरा सबै छोराहरू खोस्ने? योसेफ गयो, शिमियोन छैन, अब बेन्यामीन पनि लैजाने कुरा गर्छौ। सबै कष्ट मैले भोग्नुपर्नेभयो।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण36 उनीहरूका पिता याकोबले उनीहरूलाई भने, “तिमीहरूले मलाई मेरा छोराहरूदेखि वञ्चित गरायौ। योसेफ छैन; अनि अब यहाँ शिमियोन पनि छैन। अनि अझै तिमीहरू बेन्यामीनलाई लैजान खोज्दैछौ। यी सबै कुरा मेरा विरुद्धमा छन्!” Viz kapitola |