उत्पत्ति 42:28 - पवित्र बाइबल28 उनले आफ्नो दाज्यू-भाइहरूलाई भने, “हेर, मैले अन्नको निम्ति दिएको पैसा यहाँ छ। कसैले मेरो थैलोमा पैसा राखेको हुन सक्छ।” त्यस समय ती दाज्यू-भाइहरूको साहस हरायो अनि डराए। तिनीहरू एक-अर्कातिर फर्किए अनि भने, “परमेश्वर हामीमाथि के गर्नु हुँदैछ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 उनले आफ्ना दाजुभाइहरूलाई भने, “मेरो चाँदी त फर्काइदिएछन् क्यारे! हेर, त्यो यहाँ मेरो धोक्रोको मुखैमा छ।” यसमा उनीहरूको हंसले ठाउँ छोड्यो, र उनीहरू थरथर काम्दै र एक-अर्कालाई हेराहेर गर्दै भन्न लागे, “परमेश्वरले हामीलाई यो के गर्न लाग्नुभयो?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 “मेरो पैसा त मलाई फर्काइ पो दिएछन्,” उनले आफ्ना दाजुभाइहरूलाई सुनाए, “यो मेरो धोक्रोमा छ।” तिनीहरूको हंसले ठाउँ छोड्यो र डरले आपसमा सोध्न लागे, “परमेश्वरले हामीलाई यो के गर्नुभएको हो?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 तिनले आफ्ना दाजुभाइहरूलाई भने, “मेरो पैसा फर्काइएको रहेछ। हेर, त्यो त मेरो बोरामै छ।” उनीहरू डरले खङ्ग्रङ्गै भए, र काँप्दै एक-अर्कालाई हेर्दै भने, “परमेश्वरले हामीलाई किन यस्तो गर्नुभएको हो?” Viz kapitola |