उत्पत्ति 42:23 - पवित्र बाइबल23 आफ्ना दाज्यू-भाइहरूसित कुरा गर्नको निम्ति यूसुफले एकजना अनुवादक राखेका थिए। यसर्थ उनका भाइहरूले तिनीहरूको भाषा बुझे भनी जान्न सकेनन्। तर तिनीहरूले के-के कुरा गरे तिनले सुने र बुझे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 योसेफ र तिनका दाजुभाइहरूका बीचमा दोभासे भएको हुनाले उनीहरूको कुरा योसेफले बुझ्छन् भनी उनीहरूलाई थाहा भएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 तिनीहरू कुराकानी गर्दै थिए, योसेफले बुझे तर तिनीहरूले चाहिँ चाल पाएनन् किनभने तिनीहरू उनीसँग दोभासेको मद्दतमा कुरा गर्दै थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 योसेफले दोभासेलाई प्रयोग गरेका हुनाले तिनले उनीहरूका कुरा बुझ्दैछन् भनेर उनीहरूले थाहा पाएनन्। Viz kapitola |