उत्पत्ति 42:15 - पवित्र बाइबल15 तर म तिमीहरूलाई आफू सत्य भएको प्रमाण गर्ने मौका दिन्छु। म राजा फिरऊनको नाउँमा शपथ खान्छु जबसम्म तिमीहरूको कान्छो भाइ यहाँ आउँदैन त्यतिञ्जेलसम्म तिमीहरूलाई जान दिने छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 अब तिमीहरूको जाँच यसरी हुनेछ। फारोको जीवनको शपथ खाएर म भन्दछु कि तिमीहरूको कान्छो भाइ नआएसम्म तिमीहरू यस ठाउँबाट जान पाउनेछैनौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 म तिमीहरूलाई यसरी जाँच्छु: तिमीहरूको कान्छो भाइ यहाँ नआएसम्म तिमीहरू यहाँबाट जान पाउनेछैनौ। यो कुरा राजा फारोको जीवन साक्षी राखी म भन्दछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 अनि तिमीहरू यसरी जाँचिनेछौ: फारोको जीवनको शपथ खाएर म भन्छु, तिमीहरूको कान्छो भाइ यहाँ नआएसम्म तिमीहरू यस ठाउँबाट जान पाउनेछैनौ। Viz kapitola |