उत्पत्ति 41:24 - पवित्र बाइबल24 त्यसपछि ती पातला बालाहरूले पहिलेको बाक्ला सातवटा बालाहरूलाई खाए। “मैले ती सपनाहरू मेरो जादूगरहरूलाई भनें तर कसैले पनि ती सपनाहरूको विषयमा व्याख्या गर्न सकेनन्। तिनीहरूको अर्थ के हुन्छ त?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 ती सेप्रा बालाहरूले ती सात वटा असल बालाहरूलाई निलिहाले। मैले जादूगरहरूलाई पनि यो सपना बताएँ, तर मलाई यसको अर्थ खोलिदिन कसैले पनि सकेन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 र ती सेप्रा बालाहरूले भरिला बालाहरूलाई निलिहाले। यी सपनाहरू मैले जादूगरहरूलाई पनि सुनाएँ तर कसैले पनि अर्थ खोलिदिन सकेन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 ती पातला अन्नका बालाहरूले असल बालाहरूलाई निलिदिए। मैले यो कुरा जादुगरहरूलाई भनेँ, तर मलाई यसको अर्थ खोलिदिन कसैले पनि सकेनन्।” Viz kapitola |