उत्पत्ति 4:17 - पवित्र बाइबल17 कयिनको उसकी पत्नीसित सहवास भयो र तिनी गर्भवती भईन र हनोक नाउँ भएको एउटा छोरा जन्माइन्। अनि कयिनले एउटा शहर बनायो र त्यो शाहरको नाउँ हनोक राख्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 आफ्नी पत्नीसित कयिनको सहवास भयो, र गर्भवती भएर तिनले हनोकलाई जन्माइन्। कयिनले एउटा सहर बनाएर आफ्नो छोराकै नाउँमा त्यस सहरको नाउँ पनि हनोक राखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 कयिन र उनकी स्वास्नीको एउटा छोरो भयो र उनीहरूले त्यसको नाम हनोक राखे। त्यसपछि कयिनले एउटा सहर बसाले र त्यसको नाम आफ्नो छोराको नाममा ‘हनोक’ राखे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 आफ्नी पत्नीसित कयिनको सहवास भयो; अनि तिनी गर्भवती भएर हनोकलाई जन्माइन्। तब कयिनले एउटा सहर बनायो, र त्यस सहरको नाम आफ्नो छोराको नामअनुसार हनोक राख्यो। Viz kapitola |