उत्पत्ति 38:11 - पवित्र बाइबल11 त्यसपछि आफ्नी बुहारी तामारलाई यहूदाले भन्यो, “तँ आफ्नो बाबुको घर फर्केर जा, त्यही बस अनि तबसम्म विवाह नगर्नु जबसम्म मेरो छोरा शेलह ठूलो हुँदैन।” यहूदालाई डर थियो कतै शेलह पनि उसको दाज्यूहरू झैं मारिन्छ। तामार आफ्नो बाबुको घरमा फर्केर गइन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 तब यहूदाले आफ्नी बुहारी तामारलाई भने, “मेरो छोरो शेलह ठूलो नहोउञ्जेल विधवा नै भएर तिम्रा बुबाको घरमा बस।” किनभने शेलह त्यसका दाजुहरूजस्तै मर्छ कि भनेर उनी डराए। यसकारण तामार गएर आफ्नो माइतमा बसिन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 त्यसपछि यहूदाले आफ्नी बुहारी तामारलाई भने, “तिमी माइती-घर फर्क र मेरो छोरा शेलह ठूलो नहुञ्जेल विवाह नगरी बस।” शेलहको पनि त्यसका दाजुहरू जस्तै प्राण जाला भन्ने डरले यहूदाले त्यसो भने र तामार माइती-घर फर्केर गई। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 त्यसपछि यहूदाले आफ्नी बुहारी तामारलाई भने, “मेरो छोरा शेलह ठूलो नभएसम्म तिमी आफ्ना पिताको घरमा विधवा भई बस।” किनकि तिनका दाजुहरूजस्तै शेलहको पनि मृत्यु होला भनेर तिनले सोचेका थिए। यसकारण तामार आफ्ना पिताको घरमा बस्नलाई गइन्। Viz kapitola |