उत्पत्ति 37:25 - पवित्र बाइबल25 जब यूसुफ कूवाभित्र थियो उसका दाज्यू-भाइहरू खान बसे। तिनीहरूले हेरे अनि एक हुल व्यापारीहरू गिलाददेखि मिश्रतिर यात्रा गर्दै गरेको देखे। तिनीहरूले ऊँटहरूमाथि धेरै प्रकारका मसला र धन-दौलत लाँदै थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 जसै उनीहरू खान बसे, उनीहरूले यसो मास्तिर हेरे र मिश्रतिर सुगन्धित मसला, लेप र मूर्र ऊँटहरूमा लादेर लगिरहेका गिलादबाट आएको एक इश्माएली यात्री दललाई देखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 त्यसपछि तिनीहरू खान बसे। अचानक तिनीहरूले एक हुल इश्माएलीहरूलाई गिलादबाट मिश्रमा गइरहेका देखे। तिनीहरूले आफ्ना ऊँटहरूमा मर-मसला र सुगन्धित धूप इत्यादिका भारी लादेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 जब उनीहरू खान बसे, तब उनीहरूले आँखा उठाएर हेरे; अनि गिलादबाट इश्माएलीहरूका एक दल आइरहेका देखे। तिनीहरूले ऊँटहरूमाथि मसलाहरू, सुगन्धित लेप र मूर्र लादेर र इजिप्टमा लाँदैथिए। Viz kapitola |