उत्पत्ति 36:6 - पवित्र बाइबल6-8 याकूब अनि एसावाका परिवारहरू अत्यन्तै विशाल भए जसले गर्दा कनान भूमिको अन्नले तिनीहरूलाई पुग्न असम्भव भयो। यसर्थ एसावले आफ्नो भाइ याकूबलाई छोडेर धेरै टाढा देशमा गए। एसावले आफ्ना सबै चीजहरू आफूसँग लिएर गए। कनानमा हुँदा उनले यी सब चीजहरू प्राप्त गरेको थियो। यसर्थ एसावले आफूसँग पत्नीहरू छोराहरू, छोरीहरू, सबै नोकरहरू, पशुहरू लग्यो। एसाव र याकूबको परिवारहरू यति बढ्दै गए, तिनीहरूलाई एकै ठाउँमा बस्न असम्भव भयो। त्यस भूमिबाट दुइ परिवारहरूलाई जीवन निर्वाह गर्न मुश्किल थियो। तिनीहरूसित धेरै गाई-वस्तुहरू थिए। एसाव पहाडी भूमि सेइरतिर लागे (एसावको नाउँ एदोम अनि सेइर पनि हो।) Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 आफ्ना पत्नीहरू, छोराछोरीहरू, र तिनको घरका सबै मानिसहरू, गाईबस्तुहरू, र तिनका अरू जम्मै पशुहरू र कनान देशमा प्राप्त गरेका सबै सम्पत्तिहरू लिएर एसाव आफ्नो भाइ याकूबबाट छुट्टिएर अर्को देशमा गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 त्यसपछि एसाव आफ्ना स्वास्नीहरू र छोरा-छोरीहरू, घरका सबै पुरुषहरू र स्त्रीहरू र गाई-वस्तुहरू अनि कनान देशमा कमाएका सारा धन-सम्पत्तिसाथ लिएर हिँडे र आफ्नो भाइ याकूबदेखि टाढा अर्कै देशमा गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 एसाव आफ्ना पत्नीहरू, छोराहरू, छोरीहरू, आफ्ना घरानाका सदस्यहरूका साथै गाईबस्तु र आफ्ना सबै जनावरहरू र तिनले कनानमा प्राप्त गरेका सबै कुराहरू लिएर आफ्नो भाइ याकोबदेखि टाढा अर्कै देशमा गए। Viz kapitola |