उत्पत्ति 35:14 - पवित्र बाइबल14-15 त्यस ठाउँमा याकूबले एउटा स्मारक ढुङ्गा राख्यो। उनले दाखरस र तेलले अभिषेक गरी त्यस ढुङ्गालाई पवित्र पार्यो। यो ठाउँ एउटा विशेष ठाउँ भयो किनभने यहाँ परमेश्वरले याकूबसित कुरा गर्नु भएको थियो। याकूबले यस ठाउँको नाउँ बेतेल राख्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 परमेश्वर तिनीसँग कुरा गर्नुभएको ठाउँमा याकूबले ढुङ्गाको एउटा खामो खड़ा गरे। अनि तिनले त्यसमा अर्घ-बलि चढ़ाएर तेल खन्याए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 त्यहाँ परमेश्वरले कुरा गर्नुभएको ठाउँमा याकूबले एउटा स्मारक ढुङ्गा ठड्याए र त्यसमाथि दाखमद्य र भद्राक्षको तेल खनाएर त्यसलाई अभिषेक गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 याकोबले तिनीसित परमेश्वरले कुरा गर्नुभएको ठाउँमा एउटा खाँबो ठड्याए; अनि त्यसमाथि तिनले अर्घबलि चढाए; अनि त्यसमाथि तेल पनि खन्याए। Viz kapitola |