उत्पत्ति 32:28 - पवित्र बाइबल28 तब त्यो मानिसले भने, “तिम्रो नाउँ याकूब रहने छैन। अब तिम्रो नाउँ ‘इस्राएल’ हुनेछ। म तिमीलाई यो नाउँ दिन्छु किनभने तिमीले परमेश्वर र मानिससित युद्ध गरेका छौ अनि तिनीहरू तिमीलाई जित्न अयोग्य भए।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 त्यस व्यक्तिले भने, “अब उप्रान्त तिम्रो नाउँ याकूब होइन तर इस्राएल हुनेछ, किनभने तिमीले परमेश्वर र मानिसहरूसँग लड़न्त गर्यौ, अनि विजयी भयौ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 त्यस मानिसले भने, “अब उसो तिम्रो नाम याकूब होइन। तिमीले परमेश्वर र मानिसहरूसित लडाइँ गरेर जितेका हौ। यसकारण तिम्रो नाम ‘इस्राएल’ हुनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 तब ती मानिसले भने, “तिम्रो नाम अब उसो याकोब होइन, तर इस्राएल हुनेछ; किनकि तिमीले परमेश्वर र मानिसहरूसँग लडाइँ लडेर जितेका छौ।” Viz kapitola |