उत्पत्ति 31:52 - पवित्र बाइबल52 ढुङ्गाहरूको थुप्रो र विशेष ढुङ्गाहरूले हामीलाई आफ्नो संन्धि सम्झना गराउन सहायता पुर्याउँछ। तिमीसित लड्न यस ढुङ्गाको पल्लो पटि म कहिल्यै जाने छैन र त्यसरी नै मसित लड्नु तिमी कहिल्यै यो ढुङ्गाबाट यता अघि आउने छैनौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण52 यो थुप्रो र यो खामो साक्षी रहून् कि यो थुप्रो नाघेर म तिमीकहाँ हानि गर्न पारि आउनेछैनँ, अनि यो थुप्रो र खामो नाघेर तिमी पनि मकहाँ हानि गर्नलाई वारि नआऊ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल52 यो ढुङ्गाको थुप्रो र यो स्मारक ढुङ्गा दुवैले हामीलाई याद दिलाउनेछन्। यो ढुङ्गाको रास नाघेर कहिल्यै म तिमीमाथि जाइलाग्नेछैन अनि तिमी पनि यो वा त्यो स्मारक ढुङ्गा नाघेर ममाथि आइनलाग्नू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण52 यो थुप्रो र यो खाँबो एउटा साक्षी हुनेछ, ताकि म यस थुप्रोलाई पार गरेर तिमीलाई हानि गर्न जानेछैनँ; अनि तिमी पनि यस थुप्रो र खाँबोलाई पार गरेर मलाई हानि गर्न मेरो ठाउँतिर आउनेछैनौ। Viz kapitola |