उत्पत्ति 31:43 - पवित्र बाइबल43 लाबानले याकूबलाई भने, “यी स्त्रीहरू मेरी छोरीहरू हुन्। यी नानीहरू मेरा हुन्। अनि यी पशुहरू सब मेरा हुन्। यहाँ तिमी जे पनि देख्छौ सबै मेरो हुन्। तर म मेरी छोरीहरू र नानीहरूको विषयमा केही गर्न सक्तिनँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण43 लाबानले जवाफमा याकूबलाई भने, “यी छोरीहरू मेरै छोरीहरू हुन्। यी छोराछोरी पनि मेरै छोराछोरी हुन्। यी बगालहरू मेरै बगालहरू हुन्, र तिमी यहाँ जो देख्छौ सबै मेरै हुन्। तर आज यी मेरा छोरीहरू र तिनीहरूले जन्माएका छोराछोरीहरूलाई म के गर्न सक्छु र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल43 लाबानले याकूबलाई उत्तर दिए, “यी केटीहरू मेरा छोरीहरू हुन्, यिनका छोरा-छोरीहरू मेरा नाति-नातिनाहरू हुन्। यी भेडा-बाख्राहरूका बथान मेरा हुन्। खासै यहाँ जति कुरा देखिंदै छ, ती मेरै हुन्। तर मेरा छोरीहरू र तिनका छोरा-छोरीहरू रोक्ने काम म गर्दिनँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण43 त्यसपछि लाबानले याकोबलाई जवाफ दिए, “यी स्त्रीहरू मेरा छोरीहरू हुन्, यिनका छोराछोरीहरू मेरा नातिनातिनाहरू हुन्; अनि यी बगालहरू पनि मेरा बगाल हुन्। तिमीले देखेका यी सबै थोक मेरै हुन्। तर पनि आज यी मेरा छोरीहरू र तिनीहरूले जन्माएका यी छोराछोरीहरूलाई म के गर्न सक्छु र? Viz kapitola |