उत्पत्ति 31:32 - पवित्र बाइबल32 तर मैले तिम्रा देवताहरू चोरेको छैन। यहाँ मसित हुनेहरू जोसित तिम्रो देवताहरू पाइन्छन् त्यस मानिसको हत्या गरिनेछ। तिम्रा मानिसहरू मेरा गवाहीहरू हुनेछन्। तिमीले तिम्रा चीजहरू तलाश गर्न सक्छौ र यदि तिम्रो केही पाइयो भने लान सक्छौ।” (राहेलले लाबानको घरबाट देवताहरू चोरी ल्याएको याकूबलाई थाहा थिएन)। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 तर तपाईंका देवताहरू जससँग भेट्टाउनुहुन्छ त्यो जीवित रहनेछैन। मसँग भएको तपाईंको कुन चीज छ सो हाम्रा कुटुम्बका सामुन्ने चिन्नुहोस्, र लिनुहोस्।” राहेलले ती चोरेकी याकूबलाई थाहै थिएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 तर यहाँ कसैले तपाईंका देवताहरू लिई आएको छ भने त्यो मारिनेछ। हाम्रा मानिसहरूलाई साक्षी राखेर चीजबीज खोज्नुहोस् र भेटेमा लैजानुहोस्।” राहेलले लाबानका देवताहरू चोरेकी छ भनेर याकूबलाई थाहा थिएन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 तर यदि तपाईंले आफ्ना देवताहरू हामीमध्ये कोहीसित भेट्टाउनुभयो भने त्यो बाँच्नेछैन। यसकारण हाम्रा आफन्तहरूका सामु तपाईंको केही सामानहरू छन् भने आफैँ चिन्नुहोस्, र लैजानुहोस्।” तर ती देवताहरू राहेलले चोरेकी छन् भनेर याकोबलाई थाहै थिएन। Viz kapitola |