उत्पत्ति 31:13 - पवित्र बाइबल13 म तिमी कहाँ बेतेलमा आउने परमेश्वर हुँ। त्यस ठाउँमा तिमीले एउटा वेदी बनायौ। तिमीले त्यस वेदीमा भद्राक्षको तेलले अभिषेक गर्यौ अनि त्यस ठाउँमा तिमीले मसित भाकल गरेका थियौ। अब म चाहन्छु तिमी आफ्नो भूमि जहाँ तिमी जन्मेका थियो त्यहाँ जान तयार होऊ।’” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तैंले खामामा तेल खन्याएको र भाकल गरेको ठाउँ बेथेलका परमेश्वर म नै हुँ। अब उठ्, यस ठाउँबाट फर्केर तेरो जन्मभूमिमा जा’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 तँलाई बेथेलमा दर्शन दिने परमेश्वर म नै हुँ, जुन बेथेलमा तैँले एउटा ढुङ्गामा तेल खन्याएर एउटा स्मारक अभिषेक गरी मसँग एउटा भाकल गरेको थिइस्। तँ जन्मेको देशमा जानलाई तयार हो’।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 म बेथेलका परमेश्वर हुँ, जहाँ तैँले एउटा खाँबोलाई तेलले अभिषेक गरेको थिइस्, र तैँले मसित एउटा प्रतिज्ञा गरेको थिइस्। अब उठ्, यो देशबाट निस्की, र तेरो आफ्नो जन्मस्थलमा फर्किजा।’ ” Viz kapitola |