उत्पत्ति 30:16 - पवित्र बाइबल16 त्यस राती याकूब खेतबाट घरमा फर्कियो। लेआले उसलाई देखिन् अनि भेट्न गइन्। उनले भनिन्, “तपाईं आज राती मसित सुत्नु पर्छ। म तपाईंसित सुत्नु पूर्ण तयार भएकी छु। मैले मेरो छोराले ल्याएको फूलहरू राहेललाई दिएकी छु।” यसर्थ याकूब त्यस राती लेआसित सुते। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 साँझमा याकूब खेतबाट आउँदा लेआ तिनलाई भेट गर्न गइन्, र भनिन्, “तपाईं मकहाँ आउनुपर्छ, किनभने मेरो छोराका विशाखमूलहरूसँग तपाईंलाई भाड़ामा लिएकी छु।” यसकारण याकूब त्यस रात तिनीसित सुते। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 साँझमा याकूब खेतबाट फर्केपछि लेआ गएर उनलाई भेटेर भनिन्, “मैले मेरो छोराको दूधे-फल दिएर तपाईंलाई भाडामा लिएको छु। आज राती तपाईंले मसित सुत्नुपर्नेछ।” यसरी त्यो रात याकूब लेआसित सुते। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 त्यसकारण जब साँझमा याकोब खेतबाट आए; तब लेआ तिनलाई भेट्न गइन् र भनिन्, “तपाईं आज मसँग रात बिताउनैपर्छ। मेरा छोराले ल्याएका विशाखमूल दिएर मैले तपाईंलाई भाडामा लिएकी छु।” यसकारण याकोबले त्यो रात लेआसँग बिताए। Viz kapitola |