उत्पत्ति 30:15 - पवित्र बाइबल15 लेआले भनीन्, “तिमीले पहिले मेरा पतिलाई लगिसकेकी छौ, अब मेरो छोरोको विशेष फूलहरू लिने चेष्टा गरिरहेकी छौ।” तर राहेलले उत्तर दिई, “यदि तिमीले मलाई तिम्रो छोरोले ल्याएको विशेष फूलहरू दियौ भने तिमी आज राती याकूबसित सुत्न सक्छौ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 तर लेआले तिनलाई भनिन्, “के मेरो पति मबाट खोस्नु सानो कुरो हो र, अब तिमी मेरो छोराको विशाखमूल पनि लिन खोज्छ्यौ?” राहेलले भनिन्, “त्यसो भए तपाईंको छोराको विशाखमूलको निम्ति आज राती उहाँ तपाईंसित सुत्नुहुन्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 लेआले उत्तर दिई, “मेरो लोग्ने लगिस् त लगिस्, त्यतिले पनि तँलाई पुगेन? अब मेरा छोराको दूधे-फल पनि तँलाई चाहियो?” राहेलले भनिन्, “यदि तिम्रो छोराको दूधे-फल मलाई दियौ भने आज राती याकूबसित तिमी सुत्न सक्छौ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तर लेआले तिनलाई भनिन्, “तैँले मेरो पतिलाई त लगिस्-लगिस्, अब मेरो छोराले ल्याएका विशाखमूल पनि खोस्छेस्?” राहेलले भनिन्, “ठिकै छ, तेरो छोराको विशाखमूलको सट्टामा आज राति उहाँ तँसित सुत्नुहुनेछ।” Viz kapitola |