उत्पत्ति 3:14 - पवित्र बाइबल14 तब परमप्रभु परमेश्वरले सर्पलाई भन्नुभयो, “तैंले यस्तो काम गरेको हुनाले, तँलाई अन्य पशुहरू गाई-वस्तु र अरू सबै जङ्गली पशुहरूलाईभन्दा अझै ज्यादा श्राप दिनेछु। तैंले तेरो जीवन भरी आफ्नो पेटले घस्रनु र माटो खाएर बस्नु परोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 तब परमेश्वरले सर्पलाई भन्नुभयो, तैंले यसो गरेको हुनाले, “तँ सबै पाल्तु पशुहरू र सबै वन-पशुहरूभन्दा ज्यादा श्रापित हुनेछस्। पेटद्वारा तँ हिँड्नेछस् र तेरो जीवनभरि तैंले माटो खानेछस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 तब परमप्रभु परमेश्वरले साँपलाई भन्नुभयो, “यसको लागि तैँले दण्ड पाउनेछस् र सबै पशुहरूमध्ये तैँले मात्र यो सराप पाउनेछस्। अबदेखि उसो पेटको बलले घस्रेर तँ हिँड्नेछस् र जीवनभरि माटो खानेछस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 यसकारण याहवेह परमेश्वरले सर्पलाई भन्नुभयो, “तैँले यसो गरेको कारण, “तँ सबै घरपालुवा जनावरहरू र सबै जङ्गली जनावरहरूमध्ये तैँले मात्र श्राप पाउनेछस्! तँ पेटको बलले घस्रनेछस्, तेरो सारा जीवनभरि, तैँले धुलो खानेछस्। Viz kapitola |