उत्पत्ति 29:32 - पवित्र बाइबल32 लेआले छोरो जन्माई अनि त्यसको नाउँ रूबेन राखीन्। लेआले छोरोको नाउँ यस्तो राखी किनभने उनले भनीन्, “मेरो दुःख परमप्रभुले देख्नु भएको छ। मेरा पतिले मलाई प्रेम गर्दैनन्, यसर्थ, अब हुनुसक्छ उनले मलाई प्रेम गर्नेछन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 लेआ गर्भवती भएर एक जना छोरो जन्माइन्, र तिनले त्यसको नाउँ यसो भनेर रूबेन राखिन्, “साँच्ची नै परमप्रभुले मेरो दु:ख देख्नुभएको छ। अब त मेरा पतिले मलाई प्रेम गर्नुहुन्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 लेआले गर्भवती भएर एउटा छोरो जन्माइन्। उनले भनिन्, “परमप्रभुले मेरो दु:ख हेर्नुभयो, अब मेरा लोग्नेले मलाई प्रेम गर्नेछन्।” उनले बालकको नाम रूबेन राखिन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 लेआ गर्भवती भइन् र तिनले एउटा छोरा जन्माइन्। तिनले उसको नाम रूबेन राखिन्; किनकि तिनले भनिन्, “योचाहिँ याहवेहले मेरो कष्ट देख्नुभएको कारणले हो। निश्चय नै मेरा पतिले अब मलाई प्रेम गर्नुहुनेछ।” Viz kapitola |