उत्पत्ति 29:25 - पवित्र बाइबल25 बिहान याकूबले चाल पायो राती ऊसित सुत्ने स्त्री लेआ थिइन्। याकूबले लाबानलाई भने, “तपाईंले मलाई किन झुक्याउनु भयो। मैले तपाईंको धेरै सेवा गरें जसले गर्दा म राहेललाई विवाह गर्न पाऊँ। तपाईंले मलाई किन झुक्याउनु भयो?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 याकूबले बिहान हेर्दा त लेआ पो रहिछन्। तब तिनले लाबानलाई भने, “तपाईंले मप्रति किन यस्तो गर्नुभयो? मैले राहेलको निम्ति सेवा गरेको होइन र? तपाईंले किन मसित यसरी छल गर्नुभयो?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 भोलिपल्ट बिहान मात्र आफूसँग राती रहने लेआ रहिछन् भनी याकूबलाई पत्तो भयो र उनले लाबानकहाँ गएर भने, “तपाईंले किन मसित यस्तो गर्नुभयो? म राहेलको निम्ति खटेको थिएँ। किन मलाई छल गर्नुभयो?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 जब बिहान भयो, राहेलको सट्टा लेआ पो त्यहाँ रहिछिन्! यसकारण याकोबले लाबानलाई भने, “यो तपाईंले मलाई के गर्नुभयो? के मैले राहेलका निम्ति तपाईंको सेवा गरेको होइनँ र? तपाईंले मलाई किन धोका दिनुभयो?” Viz kapitola |